News Category 2072/01/28

महिलाको लाश फेला प¥यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ बैशाख । 
सप्तरीको जण्डौल गाविस वडा नं. ८ मा आइतबार दिउँसो एक महिलाको कुहिएको अवस्थामा लाश फेला परेको छ । 
चुरे क्षेत्र भित्र रहेको कुलोमा फ्याकिएको तथा बालुवाले पुरिएको अवस्थामा सो लाश फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्ष नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
यद्दपी सो लाशको पहिचान हुन सकेको छैन् । प्रहरीले सो लाशको उत्खनन् गरि बाहिर निकाले हो । महिलाको हातमा घडी, चुरा समेत रहेको प्रहरीले जनाएको छ । 
बिशेष सुराकीको आधारमा सो लाश फेला पारिएको प्रहरीले जनाएको छ । फेला परेको लाश जिल्लामा ठूलो अपराधिक घटनासँग जोडिएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । 
लाशलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट