News Category 2072/01/28

अनुमति लिन चाहने विद्यालयहरुको संघर्ष समिति गठन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ बैशाख । 
अनुमति लिन चाहने विद्यालय संस्थापकहरुको एक भेलाले आइतबार ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ । 
नविन मिश्रको संयोजकत्वमा गठित सो समितिको सहसंयोजकमा प्रकाश कुमार दास, सचिवमा राजकिशोर महतो, कोषाध्यक्षमा सरोज कर्ण तथा सदस्यहरुमा  उमाकान्त चौधरी, बिनोद कुमार यादव, संजिव कुमार झा, रामकुमार गुप्ता, बैजनाथ प्रसाद साह, दिपेन्द्र प्रसाद यादव, शुशिल कुमार मण्डल रहेका छन् । 
त्यसैगरि सल्लाहकारहरुमा विभाष मिश्र, सतेन्द्र प्रसाद देव र प्रेस सल्लाहकारमा शिवनारायण साह (सुरज) रहनु भएको छ । 
यसअघि जिल्ला शिक्षा कार्यालय सप्तरीले स्थानिय पत्रिका मार्फत आइतबार बिना अनुमति संचालनमा रहेका विद्यालयहरु ५ दिन भित्र बन्द गर्न सूचना प्रकाशित गरेपछि उनीहरु आन्दोलित भएका हुन् । 
नवगठित संघर्ष समितिका संयोजक र सचिवद्वारा आइतबार जारि  विज्ञप्तिमा अनुमति बेगरको विद्यालयहरुलाई संगठित गरेर अनुमतिका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुमा ज्ञापन पत्र दिने र अनुमतिका लागि पूर्वाधार र योग्य विद्यालयहरुलाई अनुमति दिलाउनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको उल्लेख छ । 
यस्तै सोही विज्ञप्तिमा शिक्षा कार्यालय सप्तरीले जारि गरेको ५ दिने अल्टिमेटम फिर्ता लिन समेत माग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट