News Category 2072/01/29

मैथिली भाषामा कक्षा सञ्चालन नगरेमा कुनै किसिमको कारबाही गर्न नसकिने ः जिशिअ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ बैशाख ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले साक्षर कक्षा मैथिली भाषामा सञ्चालन नगरेमा कुनै किसिमको कारबाही गर्न नसकिने जानकारी दिनु भएको छ ।
साक्षर कक्षाका लागि मैथिली भाषामा पठनपाठन अनिवार्य नभएको भन्दै उहाँले केन्द्रले स्थानीय भाषालाई प्राथमिकतामा राख्न निर्देशन मात्र गरेको जानकारी दिनुभयो । उहाँले मैथिली भाषामा साक्षर कक्षा सञ्चालन नगर्ने संघसंस्थाहरुलाई कारबाही गर्न सकिदैन भन्नुभयो ।
अधिकाँश निरक्षरहरुले चाहेको र पढन, बुभ्mन सकिने भाषाको पाठ्यपुस्तक लागु गर्नु पर्ने बताउँदै उहाँले साक्षरता स्वयंसेविकाहरुलाई सजिलो हुने भाषाको पाठ्यपुस्तक साक्षर कक्षामा प्रयोग गर्नु पर्ने बताउनु भयो ।
यहाँका स्थानीय भाषा मैथिली भएकोले यसको संरक्षण, सम्बद्र्धन होस भन्ने मनसायले साक्षरता कक्षाका लागि मैथिली भाषालाई प्राथमिकतामा राखिएको बताउनुहुदै उहाँले तर, बोलाइ भन्दा पढाइ र लेखाइ फरक रहेको अनुभव सुनाउनु भयो ।
सप्तरीमा अधिकांश बोलचालका भाषा मैथिली भएकोले मैथिलीमा पाठ्य सामग्री निर्माण गरेको भएपनि साक्षरता स्वयसेविकाहरुले नै मैथिली भाषामा लेखिएको पाठ्यपुस्तक राम्ररी पढन सकिरहेका छैनन् । अधिकाँश निरक्षरहरुले चाहेको र पढन, बुझन सकिने भाषाको पाठ्यपुस्तक लागु गर्नु पर्ने बताउँदै उहाँले साक्षरता स्वयंसेविकाहरुलाई सजिलो हुने भाषाको पाठ्यपुस्तक साक्षर कक्षामा प्रयोग गर्नु पर्ने बताउनु भयो ।
यहाँका स्थानीय भाषा मैथिली भएकोले यसको संरक्षण, सम्बद्र्धन होस भन्ने मनसायले साक्षरता कक्षाका लागि मैथिली भाषालाई प्राथमिकतामा राखिएको बताउनुहुदै उहाँले तर, बोलाइ भन्दा पढाइ र लेखाइ फरक रहेको अनुभव सुनाउनु भयो ।
सप्तरीमा अधिकांश बोलचालका भाषा मैथिली भएकोले मैथिलीमा पाठ्य सामग्री निर्माण गरेको भएपनि साक्षरता स्वयसेविकाहरुले नै मैथिली भाषामा लेखिएको पाठ्यपुस्तक राम्ररी पढ्न सकिरहेका छैनन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट