News Category 2072/01/30

डा. राउतद्वारा उपवास बसी अन्नदान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ बैशाख । 
बैशाख १२ गते गएको महाभूकम्पबाट पीडित भएकाहरुका लागि राहत संकलन गर्नका डा. सीके राउतले मंगलबार एक दिने आमउपवास बसी भूकम्पपीडितका लागि अन्नदान गर्नुभएको छ । 
राजविराजस्थित शिवमन्दिरको प्राङ्गनमा उपवास बसी डा. राउतले आफ्नो भागको अन्नदान गर्नुभएको छ । सो कार्यक्रममा डा. राउतले संकटको यस घडीमा नेपालीहरुको राहत तथा उद्वारका लागि आफूले सकेजति सबै सहयोग गर्नका लागि तैयार रहेको स्पष्ट पार्नुभयो । 
सोही कार्यक्रममा डा. राउतले महाभूकम्प गए लगत्तै स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु काठमाडौं तथा आसपासका क्षेत्रहरुमा सक्रिय भएर उद्वार तथा राहत कार्यमा संलग्न हुँदै आएको जानकारी दिनुभयो । भूकम्पपीडित क्षेत्रहरुका लागि छुट्टाछुट्टै मेडिकल, इन्जिनियरिङ्ग तथा उद्वार टोली समेत खटाइएको उहाँले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट