दुई दिनका लागि सप्तरीका विद्यालय बन्द

Thursday, May 14, 2015
दैनिक संवाददाता
राजविराज, ३० बैशाख । 
मंगलबार दिउँसो गएको भूकम्पका कारण सप्तरीका नीजी तथा सामुदायिक विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । 
जिल्लाका शिक्षा क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवालाहरुको बुधबार सम्पन्न एक बैठकले पटक पटक गईरहेको भूकम्पले गर्दा जिल्लाका सम्पूर्ण नीजी तथा सामुदायिक विद्यालयहरु बिहिबार र शुक्रबार दुई दिनका लागि बन्द गर्ने सर्वसम्मत निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राईले जानकारी दिनुभयो । 
जिशिअ भट्राईका अनुसार पटक पटक गईरहेको भुकम्पले विद्यालयमा पठन पाठन गर्न सक्ने अवस्था नरहेको तथा पठन पाठन हुने बेलामा भूकम्प जाँदा हुन सक्ने क्षतिलाई मध्यनजर राखि दुई दिनका लागि जिल्लाका सम्पुर्ण नीजि तथा सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।