भंैसीको पाखुराबाट ५ इन्चको सियो निकालियो

Friday, May 15, 2015
दैनिक संवाददाता
राजविराज, ३१ बैशाख ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीको प्राविधिक टोलीले बिहिबार भैसीको बायाँ पाखुराबाट सियो निकालेको छ । 
सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी निवासी कपलेश्वर यादवका दुधालु भैसीको विगत चार महिनादेखि बाँया पाखुरा सुनिदा सोबाट समस्या उत्पन्न हुने गरेको तथा भैसीलाई धेरै औषधि र उपचार गराउँदा पनि निको हुन नसकेपछि अन्ततः जिल्ला पशु सेवा कार्यालय सप्तरीमा बिहिबार उपचारका लागि लगिएको थियो । 
सोही अवस्थामा जिल्ला पशु सेवा कार्यालय सप्तरीका बरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादवको सहकार्यमा प्राविधिकद्वय बद्री मण्डल र राम कुमार शर्मा सहितको संयुक्त प्रयासले बोरा सिउने ५ इन्चको सियो सहजै रुपमा निकाल्न सफल भएका हुन् । 
भैसीबाट सियो निकालेपछि भैसीको अवस्था समान्य रहेको पशु सेवा कार्यालयका प्रमुख डा.यादवको भनाई छ । साथै गाई भैसीलाई घाँस पात खुवाईने बेलामा सचेत भएर खुवाउन उहाँले आग्रह गर्नुभएयो ।