News Category 2072/02/04

मैथिली भाषामा साक्षर अभियान संचालन गराउन खोजेको भन्दै थाकस भत्र्सना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ जेठ । 
सघन साक्षर अभियान २०७१ मैथिली भाषामा संचालन गराउन खोजेको भन्दै थारु कल्याणकारिणी सभा सप्तरीले त्यसको भत्र्सना गरेको छ । 
सभाका सभापति अरुण कुमार चौधरीद्वारा जारी विज्ञप्तीमा नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक राष्ट्र भएको हुनाले सबै जात जातीको भाषा उत्थान हुनको लागि संविधान प्रदत अधिकार हो सो अधिकार कुण्ठित हुने कुनै किसिमको कृयाकलाप संचालन भएकोमा त्यसको विरोध गर्ने जनाएको छ । 
सप्तरी जिल्लामा संचालित साक्षरता अभियानमा पठन पाठनमा विभिन्न भाषा भाषिको लागी कार्यक्रम संचालन हुने उद्देश्यले जिल्ला शिक्षा कार्यालयबाट विभिन्न शैक्षिक संस्थाहरुमा साक्षरता कार्यक्रम संचालन भएको तथा मैथिली साहित्य परिषदवाट उक्त कार्यक्रम मैथिलीमा संचालन गराउनको लागि दवाव स्वरुप कार्यक्रमहरु भएकोमा सभाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा थारु कल्याणकारिणी सभाले थारु बाहुल्य क्षेत्रमा थारु भाषा भाषीको वसोवास क्षेत्रमा थारु भाषाबाट साक्षरता अभियान कार्यक्रम संचालन गरिदिनु हुनको लागि अनुरोध गर्दै थारु भाषाको पाठ्यक्रम अनुसार पाठय पुस्तक पनि तयार भैसकेको हुनाले उक्त पाठयपुस्तक लागु गरिदिनको लागि माँग समेत गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट