News Category 2072/02/06

भूकम्प पीडितलाई राजविराजका चिकित्सक तथा औषधी बिक्रेताहरुले राहत बितरण गर्दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ जेठ । 
राजविराजका चिकित्सक तथा औषधी बिक्रेताहरुले रकम संकलन गरि महाभूकम्प पीडितहरुलाई राहत बितरण गर्ने भएका छन् । 
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको प्राङणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालका चिकित्सक डा. टेक नारायण मण्डलले चिकित्सक तथा औषधी बिक्रेताहरुबाट ५ लाख ५ हजार रुँपैया संकलन गरि विभिन्न सामाग्रिहरु राहत स्वरुप वितरण गर्ने जानकारी दिनुभयो । 
रकम संकलन गरि ओखलढुङ्गाका ४० परिवार भूकम्प पीडितहरुलाई जस्तापाता ८० बण्डल, थाल ११० थान, गिलास १०० थान, कचौरा १०० थान, बाल्टिन १०० थान, जग १०० थान, सतरन्जि ७५ थान र तन्ना ७५ थान खरी गरिएको डा. मण्डलले जानकारी दिनुभयो । 
डा. मण्डलको नेतृत्वमा डा. दीपा यादव, औषधी बिक्रेताका तर्फबाट उमेश यादव लगायत १० जनाको टोली बुधबार बिहान ओखलढुङ्गा तर्फ प्रास्थान गर्ने जनाइएको छ । 
राहतका लागि जम्मा भएको रकममा डा. टेक नारायण मण्डलले १ लाख ५ सय ५, डा. दीपा यादवले १ लाख ५, डा. शिवशंकर यादवले ५१ हजार २ सय ५५, डा. बिरेन्द्र यादवले ५१ हजार २ सय ५१, कृष्ण कुमार यादवले १० हजार १ सय ५१, विश्वनाथ मण्डलले १० हजार १ सय, रेखा देवले १० हजार १, डा. सत्यदेव गिरी १० हजार, डा. तिर्थनारायण लाल कर्ण १० हजार, डा. बिरेन्द्र कुमार यादव ५ हजार १ सय ५१, डा. दिलिप कुमार साह ५ हजार १ सय २५, निरज फार्मेसी ५ हजार १ सय २५, डा. उषा देव ५ हजार १ सय १, डा. रिधिनाथ प्रसाद मण्डल ५ हजार ५, डा. महेश प्रसाद खनाल ५ हजार १, डा. राजकुमार चौधरी ५ हजार र सूर्य नारायण यादव (कृष्णा एक्स–रे) ५ हजार रकम सहयोग गर्नुभएको छ । 
यसअघि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले आ–आफ्नो तलबबाट कटाएर संकलित भएको ३ लाख ८४ हजार रकम प्रधानमन्त्रि दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिसकेको जनाइएको छ । 
यस्तै जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीमा रहेको करिब ४ लाख बराबरको सामाग्रिहरु पनि बुधबार अस्पतालकै राहत सामाग्रिसँगै बितरण गरिने डा. मण्डलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट