News Category 2072/02/07

१५ दिन नबित्दै पुनः अर्को कंकाल फेला प¥यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ जेठ । 
सप्तरीको जण्डौल गाविसमा एक महिलाको कंकाल फेला परेको १५ दिन नबित्दै प्रहरीले पुनः सप्तरीको कल्याणपुर गाविसबाट बुधबार एक पुरुषको कंकाला फेला पारेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीको विशेष अनुसन्धान टोलीले बुधबार जिल्लाको कल्याणपुर ८ स्थित भदैया टोलमा दिउँसो उत्खनन् गरि सो कंकाल फेला पारेको हो । 
फेला परेको कंकाल जिल्लाको टिकुलिया गाविस ४ का सबुद मियाँको रहेको प्रहरीले जनाएको छ । २०६९ साल असोज १० गते मियाँ आफ्नो बुहारी सगिरा खातुनसँगै वेपत्ता भएका थिए । बुहारीसँग वेपत्ता हुँदा मियाँको हात्त भाचेको तथा सो हातमा स्टिल लगाएकोले फेला परेको कंकालको हातमा स्टिल रहेकोले शव पहिचान भएको प्रहरीले जनाएको छ । यता बुहारी सगिराको अवस्था भने हालसम्म पनि अज्ञातै रहेको छ । 
यसअघि प्रहरीले गत बैशाख २७ गते जिल्लाको जण्डौल गाविस ६ निवासी धिरेन्द्र साहकी ३२ वर्षीया पत्नी गोरीनिया भनिने दुलारीदेवी साहको कंकाल फेला पारेको थियो । 
गत २०६९ साल सोही गाविसको जंगलमा एक भट्टराई दम्पतीको हत्या भएको थियो र सोही आरोपमा साहलाई दुई वर्षको सजाय सुनाएपछि फरार अभियुक्त भएको अनुसन्धानले खुल्न आएको सप्तरीका डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट