News Category 2072/02/07

मिनि ट्रकको ठक्करबाट एकको मृत्यु ट्रक जलाउन खोज्दा एक पक्राउपछि विवाद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ जेठ । 
रुपनी राजविराज सडक खण्ड अन्तरगत सप्तरीको मलेठ गाविसस्थित नहर चौकमा बुधबार साँझ मिनि ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 
राजविराजबाट रुपनीतर्फ जाँदै गरेको ना.५ख. ६०१३ नम्बरको मिनि ट्रकले जिल्लाको बोदे बर्साइन गाविस जाँजर टोल निवासी अनवारुल मियाँको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृत्यु भएको हो । 
ठक्कर दिए पश्चात् सो ट्रक भाग्न खोज्दा स्थानिय दुई जनाले मोटरसाइकलबाट पिछा गरेर रुपनीमा रोकर ट्रकलाई जलाउने खोजेपछि प्रहरीले हस्तक्षेप गरि आफ्नो नियन्त्रणमा लिएको छ । 
यता मोटरसाइकलबाट पिछा गर्ने दुई मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेपछि मलेठ चौकमा स्थानीयहरुले पक्राउ परेकालाई रिहाईको माग गर्दै साँझ अबेरसम्म चक्काजाम गरेका थिए । 
प्रहरीले ट्रक चालक समेतलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट