चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै चक्काजाम
Friday, May 22, 2015
दैनिक संवाददाता
राजविराज, ७ जेठ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक व्यक्तिको मृत्यु भएको भन्दै बिहीबार दिनभरी अस्पतालको दक्षिण ढोका हनुमाननगर मेनरोडमा आफन्तले चक्काजाम गरेका छन् ।
राजविराज–८ निवासी ७२ वर्षीया शिवनारायण मधुमेह, टाइफाइड, झाडापखाला, रक्तचापलगायत विभिन्न रोगबाट पीडित देवलाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
आफन्तले भने चिकित्सकै लपर्बाहीले मृत्यु भएको आरोप लगाउँदै राजविराजमा चक्काजाम गरेका छन् । यता प्रहरीले भने डाक्टरको लापर्बाहीले नभई आफैँ रोगबाट पीडित भएर मृत्यु भएको बताएको छ ।
चक्काजाम गर्दा राजविराजबाट जाने लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ । अहिले पनि सो क्षेत्रमा पीडितहरू चिकित्सकको विरोध गर्दै नाराबाजी गरेका थिए ।