News Category 2072/02/10

२ सय ३० नेपाली र ८९ विदेशी नागरिक बेपत्ता

दैनिक समाचारदाता

राजविराज÷देशका विभिन्न भागमा वैशाख १२ र १३ र २९ गते आएको विनाशकारी भूकम्पमा परी शनिबार १० बजेसम्मको प्राप्त जानकारी अनुसार ८,६५० जनाको ज्यान गुमेको छ भने २२,०४० जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्यपश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७२३३, पश्चिम क्षेत्रमा १३३२, मध्यपश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा २ जना रहेका छन् । 
मृतक ८६१२ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ५३०७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ र विदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समावेश गरिएको छ । 
यसैगरी हालसम्म नेपाली नागरिक २३० र विदेशी नागरिक ८९ जना बेपत्ता भएका छन् । यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८८, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५४२८, मध्य पश्चिम क्षेत्रमा ३१९५ र सुदूर पश्चिम क्षेत्रमा ५० गरी जम्मा ४६२६५३ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्वार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट