News Category 2072/02/10

कैदीबन्दीहरुलाई आममाफी दिने तयारी

दैनिक समाचारदाता

राजविराज÷सरकारले विभिन्न कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरिरहेको छ । आगामी जेठ १५ गते कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले असल आचारण भएका र ५० प्रतिशत सजाय भुक्तान गरिसकेकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने ब्यवस्था रहेको बताउनु भएको छ । 
काठमाडौंस्थित रिपोटर्स क्लवले शनिवार गरेको अन्तरक्रियामा बोल्दै उनले कानूनमा तोकेको १३ किसिमका अपराध बाहेककालाई मात्रै छाडिने स्पष्ट पार्नुभयो । सबै कैदीबन्दीलाई आममाफी दिन नसकिने उहाँले स्पष्ट र्पानुभयो ।
भूकम्प कुनै खुसीको अवसर नभएकोले कैदीबन्दीलाई माफी दिन नहुने स्पष्ट गरे । भूकम्पले आपराधिक स्वरुपमा परिवर्तन नगर्ने उहाँको भनाई थियो ।
यस्तै सबै कैदी बन्दीलाई आममाफी दिए सामान्य ब्यतिm र अपराधीवीच फरक नहुने भन्दै असुरक्षित भवनमा रहेका कैदी बन्दीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रम जारी रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट