News Category 2072/02/11

केटी जिस्काएको भन्दै दुई समूहबीच झगडा हुँदा आधा दर्जन व्यक्ति घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० जेठ ।
केटी जिस्काएको निहुँमा आईतबार सप्तरीको नर्घो गाविसमा दुई पक्षबिच भएको झगडामा आधा दर्जन ब्यक्तिहरु घाईते भएका छन । 
जनता शंकर उमावि नर्घोको कक्षा ७ मा अध्ययनरत १४ वर्षिया कंचन कुमारी यादवलाई सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत कमलदेव मण्डल, संदिप पासवान र विजय कुमार पासवानले जिस्काएको निहुँमा ती दुईका अभिभावकबिच दोहरो झगडा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
केटीलाई झिस्काएको निहुँमा केटा र केटीका अभिभावकहरुले विद्यालयबाट घर फर्किने क्रममा बीच बाटोमा दुई पक्षबिच झगडा भएको हो ।
दुई पक्षबिच भएको विवादका कारण भएको झगडाले केटीका बुवा बोध नारायण यादव र आमा गिता देवीयादव गम्भिर घाईते भएका छन । गम्भिर घाईते उनीहरुको तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ । 
त्यस्तै केटा पक्षका समेत तीन जना घाईते भएका छन । जसमध्ये कमलदेव मण्डल र किसुनदेव मण्डललाई थप उपचारको लागि विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो । साथै उक्त घटनाको बास्तविकता बुभ्mने कार्य समेत भईरहेको प्रवक्ता चिमरियाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट