News Category 2072/02/14

डा. राउतलाई बुधबार सप्तरी प्रहरीको जिम्मा लगाइयो ः सुनसरी प्रहरी मंगलबार राती नै परिवारको जिम्मा लगाइयो ः सप्तरी प्रहरी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ जेठ । 
नेपालबाट मधेश अलग्गै हुनुपर्ने धारणा राख्दै आउनु भएका सप्तरी निवासी डा. सीके राउतलाई प्रहरीले पक्राउपछि रिहा गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ । 
यसै क्रममा मंगलबार इटहरीबाट पक्राउ पर्नु भएका डा. सीके राउतलाई बुधबार बिहान सुनसरी प्रहरीले सप्तरी प्रहरीलाई बुझाएको राससले जनाएको छ भने अर्को तर्फ सप्तरी प्रहरीले मंगलबार राती नै उहाँलाई परिवार समक्ष जिम्मा लगाइएको बताएको छ । 
सप्तरीका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले  डा राउतलाई मंगलबार राती नै सुनसरी प्रहरीले आफूहरुको जिम्मा लगाएपछि सोही रात राजविराज ९ स्थित उहाँको घरमा परिवारजनको जिम्मा लगाएको दाबी गर्नु भएको छ ।  
यसरी राउतलाई पक्राउपछि    रिहा गर्ने कुरामा प्रहरीको दुई किसिमको धारणाले जनतासामू शंका उपशंका उब्जन थालेको छ । 
मंगलबार दिउँसो इटहरीस्थिते एरिना टेलिभिजनको “एरिना टक शो” कार्यक्रमका लागि अन्तर्वार्ता दिन जाने क्रममा उहाँलाई इटहरी प्रहरीले पक्राउ गरेको थियो । 
पक्राउ परेका सीके राउतलाई सुनसरी जिल्लामा उहाँ विरुद्ध कारबाहीयोग्य कुनै प्रमाण नभएकाले सोधखोज तथा अनुसन्धानका लागि सप्तरी प्रहरीलाई बुझाइएको हो ।
सुनसरी जिल्लाका प्रहरी उपरीक्षक सञ्जयराज शर्माका अनुसार सुनसरी जिल्लामा सीके राउतविरुद्ध राज्यबिप्लव गरेको भन्ने कुनै लिखित दस्तावेज वा अरु विश्वसनीय प्रमाण नभएकाले सप्तरी जिल्लामा उनीविरुद्धको कुनै प्रमाण हुनसक्ने अनुमान गरेर सप्तरी जिल्ला प्रहरीसँग समन्वय गरेर हस्तान्तरण भएको बताउनुभयो ।
एरिना टेलिभिजनमा आएको अवस्थामा प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काको नेतृत्वमा गएको प्रहरीको टोलीले राउतलाई पक्राउ गरेर हिरासतमा लिएपछि इटहरीमा सक्रिय मानवाधिकारवादी महिला लक्ष्मी गौतम, विमला ढकाललगायतको महिला टोलीले नेपाली चेलीविरुद्ध अपशब्द प्रयोग गरेको र राज्य विरुद्धको बिप्लव गरेको भन्दै कारबाहीको माग दाबी गरेर इलाका प्रहरी कार्यालय इटहरीमा लिखित जाहेरी दिएका थिए ।
युवाको समूहले पनि उनीविरुद्ध देश विभाजन गर्ने कार्यमा सक्रिय रहेको तथा नेपाली चेलिबेटीलाई अनेकथरी लाञ्छना लाग्नेगरी अभिव्यक्ति दिएको विरोधमा उनी कारबाहीको भागिदार हुनसक्ने दाबीसहित उनीविरुद्ध लिखित जाहेरी दिएका थिए । उहाँविरुद्ध इटहरीमा चर्को नाराबाजी भएको विषयतर्फ मध्यनजर गर्दै प्रहरीले पक्राउ परेका राउतलाई बुधबार बिहानै ४ बजेतिर सप्तरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट