News Category 2070/04/12

फुटबल संघ सप्तरीको बिवाद पुनः बल्झियो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ साउन ।
जिल्ला फुटबल संघ सप्तरीमा पुनः बिवाद बल्झिएको छ । गोप्य रुपमा फुटबल संघ सप्तरीको अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतले साधारणसभा गरी आफ्नै नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको सार्वजनिक भएपछि संघको बिवाद पुनः बल्झिएको हो ।
करिब चारबर्ष अघि पनि जिल्ला फुटबल संघ सप्तरीमा बस्नेत र पियुष श्रेष्ठको समुहले आधिकारिता सम्बन्धि बिवाद साम्य भएपनि पुनः संघ बिवादमा फसेको छ ।
गोप्य रुपमा साधारणसभा गरी बस्नेतले आफ्नै नेतृत्वमा कार्यसमिति बनाएको भन्दै असन्तुष्ट समुहले त्यसको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
संघमा आबद्ध कल्बहरुलाई जानकारी नदिई गोप्य रुपमा साधारणसभा गरेको भन्दै मान्यता नदिन अखिल नेपाल फुटबल संघ (एन्फा) सँग उहाँहरुले माग गरेका छन् ।
एन्फाले सबै जिल्ला फुटबल संघहरुलाई साउन २० गते सम्म बिधान बमोजिम साधारणसभा गराउन निर्देशन दिएपछि गोप्य रुपमा बस्नेतले आफ्ना निकटहरुलाई बोलाएर साधारणसभा गराएको गोर्खाली क्ल्बका अध्यक्ष दिनेश प्रसाद साहले बताउनुभयो ।
साधारणसभा गाराउनु अघि फुटबल खेलसँग आबद्ध क्ल्बहरुलाई कम्तीमा ७ दिनअघि सम्म सार्वजनिक सुचना जारी गर्नुपर्ने बिधानमा व्यवस्था रहेपनि संघले सो व्यवस्थालाई बेवास्ता गरी एकपक्षीय र गोप्यढंगबाट साधारणसभा गरी कमिटी गरेको साहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट