रुख ढल्दा दिनभरी राजमार्ग अवरुद्ध
Thursday, May 28, 2015
दैनिक संवाददाता
राजबिराज, १३ जेठ ।
हावाहुरीका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सितापुरमा ठूलो बरको रुख ढल्दा बुधबार दिनभरी राजमार्ग अवरुद्ध भएको छ ।
मंगलबार राति अचानक आएको हावाहुरीले गर्दा सो रुख ढल्दा राजमार्गको एक तर्फी बाटो अवरुद्ध हुन पुगेको हो ।
बीच सडकमै रुख ढलेको कारण दिनभरी राजमार्ग अवरुद्ध हुँदा राजमार्गमा दर्जनौ सवारीसाधन आवत जावतमा समस्या उत्पन्न भएको थियो ।
यसैबिच बुधबार अपरान्हबाट अवरुद्ध राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।