News Category 2072/02/15

मुद्दाको नक्कल च्यातेर भाग्न खोज्दा माझि पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ जेठ । 
पुनरावेदन अदालत राजविराजले गरेको फैसला पत्रलाई च्यातेर भाग्न खोज्ने एक ब्यक्तिलाई बिहीवार अदालतकै कर्मचारीहरुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कटैया गाविस ४ का ३० वर्षिय लक्ष्मण माझी रहेका छन् ।
पुनरावेदन अदालतका मुख्य न्यायाधिश ईश्वरप्रसाद खतिवडाले फैसला पत्र च्यातेर भाग्ने माझीलाई अदालतको अवहेलना गरेको भन्दै बिहीवारै दुई दिन थुनामा राख्ने आदेश सुनाएको छ ।  
‘अदालतको अवहेलनामा कारबाही भई सजाय हुने प्रकृतिको कार्य देखिएको छ’, अदालतको आदेशमा भनिएको छ, ‘माझीको बयान गराई सुनुवाई प्रक्रिया अगाडी बढाउन देखिएकोले दुई दिन नियन्त्रणमा राखी आउँदो जेष्ठ १७ गते १० बजे अदालतमा हाजिर गराउनु ।’
कटैया गाविसकै पुनरावेदक अधिकलाल माझी, प्रत्यार्थी बौनी माझीसमेत भएको संयुक्त दर्ता फुटाई पाउँ भनि मुद्दा पुनरावेदन अदालतमा दर्ता भएको थियो । सोही मुद्दाको फैसला पत्रको नक्कल माग गर्ने क्रममा नक्कल पत्रको अन्तिम पाना च्यातेर भाग्न खोज्दा माझीलाई अदालतका कर्मचारीहरुले पक्राउ गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट