News Category 2072/02/17

बोरियाका दलित बालबालिका शिक्षाको पहुँचबाट अझै टाढा

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज÷सरकारले शिक्षामा अरबौको लगानी गरेपनि सप्तरीको एक दलित बस्तीका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुँच हुन नसक्दा सरकारको ती लगानी बालुवामा पानी हाले सरह भएको छ ।
शिक्षा क्षेत्रमा सरकारले दलित बालबालिकाहरुलाई बढी केन्द्रित गरी अरबौं लगानी शिक्षामा गरेपनि सप्तरीको बोरीया गाविस वडा नं. ९ कट्टी टोलका दलित बालबालिकाहरु अझै पनि शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।
बोरीया गाविस ९ कट्टी टोलमा करिब ५० परिवार दलित मध्ये एकै परिवारका दुईजना मात्र उच्च शिक्षा हासिल गरेका छन् । करिब २ सय बालबालिका रहेको उक्त दलित (खत्बे) टोलमा एक परिवारका छोराछोरी मात्र उच्च शिक्षा अध्ययन गरेका छन् । सिंगो टोलमै स्थानीय छोटकैन खंग मण्डलका छोरा पशुपति खंग मण्डल र छोरी आशा कुमारी खंग मात्र उच्च शिक्षा अध्ययन गरेका हुन् ।
सो दलित बस्तीमा आफ्ना छोराछोरी मात्र एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा हासिल गरेको प्रति खुशी व्यक्त गर्छन्, छोटकैन खंग । घरको आर्थिक अवस्था नाजुक रहेपनि छोटकैनले आफू मजदुरी गरेर पनि आफ्ना छोराछोरीलाई उच्च शिक्षा हासिल गराएका हुन् ।
ती सिंगो दलित बस्तीमा आफ्ना छोराछोरी मात्र शिक्षित रहेका कारण त्यहाँका स्थानीयवासीहरुले आफ्नो छोराछोरीलाई समाजले पनि सकारात्मक तरिकाले हेर्ने गरेको प्रति आफूले लगाएको लगानी तथा छोराछोरी प्रति गर्व गर्छन् छोटकैन खंग ।
त्यहाँका दलित परिवारमा सामान्य मोबाइल नम्बर समेत लेखाउनु प¥यो भने त्यहाँका स्थानीयहरुले आफ्नो छोराछोरीलाई नै खोज्ने गरेको उहाँले बताउनुभयो ।
सरकारले अरबौंको लगानी शिक्षा क्षेत्रमा गरेपनि त्यहाँका दलित परिवारका लागि पानीमा वालुवा हाले झैं भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यहाँका दलित बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा रहेको स्थानीयवासीहरु बताउँछन् ।
त्यहाँका दलित बालबालिकाहरु विद्यालय जानुको सट्टा दिनभरी घरमै खेलेर अथवा अरुको खेतमा गएर काम गर्नुका साथै गाई, भैंसी, गोरु चराएर दिन काट्न बाध्य छन् ।
सरकार तथा सम्बन्धित पक्षले दलित बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म पु¥याउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट