News Category 2070/04/13

अर्धभूमिगत भएको छैन् ः जेपी गुप्ता

दैनिक समाचारदाता

राजविराज÷तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले आफू अर्धभूमिगत नभएको जानकारी दिनु भएको छ । गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा प्रहरीले आफूलाई निगरानी गरेको कुनै महसुस नभएको समेत उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा आफू जहिले पनि शान्तिपूर्ण बाटोमै रहिरहने उल्लेख गर्दै सशस्त्र बाटोमा नलाग्ने स्पष्ट पारिएको छ । यसअघि मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट