News Category 2072/02/22

मोबाईल नेटर्वकको समस्याले सेवाग्रहीहरु प्रभावित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ जेठ ।
नेपाल टेलिकमद्वारा सचालित प्रिपेड र पोष्टपेड मोवाईलको नेटवर्कमा बिहीबार आएको समस्याका कारण बिहानैदेखी सेवाग्रहीहरु प्रभावित भएका छन् । 
बुधबाररातिदेखि नै नेटवर्कमा समस्या आएपछि बिहीबार दिनभरी हजारौ सेवाग्राहीहरु फोन गर्नबाट बञ्चित भएका छन् । विना कुनै सुचना नेटवर्क एकाएक काम गर्न छोडेपछि सप्तरीसहित विभिन्न जिल्लामा रहेका वित्तिय संस्थाहरु इन्टरनेट चलाउन समेत बञ्चित भएका छन् । 
यता बिहिबार विहान ९ वजेदेखि एनसेलका नेटवर्कमा पनि समस्या आएपछि थप समस्या भएको छ । 
यसैबिच नेपाल टेलिकममा नेटर्वक के कुन कारणले डिस्टर्व भएको सम्बन्धमा बुभ्mदा टेलिकमले सडक निर्माणको कार्य भईरहेको बेला सुनसरीको इनरुवादेखि सिरहाको लहानसम्म नेटवर्कको अप्टिकल फाईबरको लिंकमा समस्या आएकोले ब्रेक भएकोको जानकारी दिएको छ । साथै मर्मत सम्भारको कार्य तिव्र रुपमा भईरहेको नेपाल टेलिकमले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट