News Category 2072/02/24

सभासद् यादवले ५७ दिन कैद भुक्तान गर्न बाँकी

दैनिक समाचारदाता

राजविराज÷राप्रपा नेपालका सभासद् गंगाप्रसाद यादवमाथी विगतको विभिन्न मुद्दामा गरि ५७ दिन कैद र ३ सय ८६ रुँपैया बराबरको जरिवाना भूक्तानी गर्न बाँकी रहेको रहस्य खुलासा भएको छ । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा शनिबार आयोजित पत्रकार सम्मेलनमा १ नं. जोगिनियाँ वडा नं. ६ निवासी मोहन यादवले सो खुलासा गर्नु भएको हो । 
आयोजित पत्रकार सम्मेलनमा मोहन यादवले सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले २०७१ साल मंसिर १७ गते जिल्ला अदालत राजविराजको नाममा तथा पुनरावेदन अदालत राजविराजलाई बोधार्थ गरि “फैसला कार्यान्वयन सम्बन्धमा” पठाएको पत्रका आधारमा जिल्ला अदालत राजविराजले गंगा यादवलाई हालसम्म पक्राउ पुर्जी जारि गर्न नसकेको तथा इन्टरनेटमा समेत नराखेको आरोप लगाउनुभयो । 
उहाँले २०४१ सालमा आफू र आफ्नो बुबा चुन्नी माझि यादवलाई गंगा यादव लगायतले कुटपिट गरेपछि २०४३ सालमा अञ्चल अदालतले गरेको कैद र जरिवानाको फैसला हालसम्म गंगा यादवले भुक्तान नगरेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “म लगभग ३० वर्षदेखी न्यायका लागि पर्खिरहेको छु, तर न्याय पाइन्, अब न्याय पाउने समय आएको छ, त्यसैले मेरो अन्तिम इच्छा न्यायका लागि सबैसमक्ष आग्रह गर्दछु ।” उहाँ थप्नुहुन्छ, “मैले न्याय पाइन भने अबको १० दिनपछि अदालतमै भोकहड्ताल गर्नेछु ।”
सर्वोच्च अदालतले २०७१ मंसिर १७ गते “कैद जरिवाना असूल उपर गरी फैसला कार्यान्वयन गराई पाउ बारे” निवेदन उपर फैसला गर्दै भनेको छ, “बि.स. २०४१ सालको फौ.पु.न. ३२८ को कुटपिट मुद्दामा सगरमाथा अञ्चल अदालत राजविराजबाट मिति २०४३÷०५÷१७ मा फैसलाको प्रतिलिपि समेत निवेदन संलग्न राखी जिल्ला सप्तरी गाविस १ नंं जोगिनियाँ वडा नं. ५ बस्ने पुन्द्र नारायण सिपलियाले कैद जरिवाना असूल गराई फैसला कार्यान्वयन गराई पाउँ भनि यस फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन पेश गर्नु भएको हुँदा यो पत्र लेख्ने कार्य भएको छ ।”
बि.स. २०४१ सालमा सो गाविसमा भएको कुटपिटमा स्थानिय जोगेन्द्र मङरदैइता र मोहन यादवले दिएको मुद्दामा अदालतले सभासद् यादवलाई १८ दिन कैद र ३६ रुँपैया जरिवाना तोकेको थियो । यस्तै २०४१ सालमै चुन्नी माझि यादवमार्थी भएको कुटपिट मुद्दामा ९ दिन कैद र १६ रुँपैया ६७ पैसा जरिवाना तथा सोही विषयमा अर्को मुद्दामा ३० दिन कैद र ३ सय ३३ रुँपैया ३३ पैसा जरिवाना गरिएको फैसला रहेको छ । 
यता सभासद् यादवले टेलिफोन मार्फत आफूलाई केही व्यक्तिहरुले चरित्र हत्या गर्न खोजेको भन्दै अदालतले गर्ने काम अदालतले नै गर्छ भन्नुभयो । 
उहाँले भन्नुभयो, “पंचायतकालको ३५ वर्षे मुद्दाको फैसलालाई लिएर मेरो राजनीतिक विरोधीहरुले प्रगति देख्न चाहेका छैनन् ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट