News Category 2072/02/24

छोरीको हत्या भएको छ ः पीडितका परिवारजन प्रहरीको मिलोमतोमा घटना ढाकछोप

दैनिक समाचारदाता

राजविराज÷दाइजो नदिएको भन्दै आप्mनै श्रीमानले श्रीमतिको हत्या गरेको पीडितका परिवारजनले आरोप लगाएका छन । 
सप्तरीको घोघनपुर गाविस ४ हाल कंचनरुप नगरपालिका १० बस्ने कमरुदिन मियाँका २० वर्षिय छोरा मो.साबिर मियाँ र सोही ठाउँ निवासी मो.समसुल हककी २० वर्षिया छोरी जलिसा खातुनबिच २०७१ साल फागुन १ गते सामाजिक परम्परा अनुसार प्रेम भएको थियो । 
शनिबार नेपाल पत्रकार महासंघ शाखा राजविराजमा एक पत्रकार सम्मेलनको आयोजना गरी श्रीमानले नै झुण्ड्याएर छोरीको हत्या गरेको पीडितका बुबा मो.समसुल हकले आरोप लगाउनुभयो । 
जेठ २ गते राति आप्mनै श्रीमानसँग जलिसा पनि सुतेकी थियो, तर सुतेकै दलानमा बिहान मृत अवस्थामा उनी फेला परिन । उनका श्रीमानले जलिसा आफै झुण्डिएर आत्महत्या गरेको भनेपनि जलिसालाई झुण्डयाएर हत्या गरीएको दृश्य हेर्दा प्रष्ट हुने गरेको बताउँदै पीडितका बुबाले आरोप लगाएका छन । 
दाईजो नपाएको भन्दै आप्mना छोरीलाई पटक पटक उनका श्रीमान तथा परिवारजनले शारिरीक, मानसिक यातना समेत दिदै आएको बताएका छन् । छोरीको हत्या भएकै राति उनका घरमा दुई जना अपरिचित व्यक्तिहरु पनि आएको तथा सो घटना भए लगत्तै ती व्यक्तिहरु वेपक्ता भएको हकले जानकारी दिनुभयो ।
घटना लगत्तै पीडितले किटानी जाहेरी ईलाका प्रहरी कार्यालय कंचनपुरमा लिएर जाँदा इन्सपेक्टर मेघराज थापाले किटानी उजुरी लिएपनि मुद्दा दर्ता अहिलेसम्म पनि नगरेको तथा उल्टै विपक्षीलाई संरक्षण दिदै आएको आरोप समेत लगाउँनुभयो । उहाँले प्रहरीले रकम लिएर घटनालाई ढाकछोप समेत गरिरहेको आरोप लगाउनुभया ।
यसैबचि आयोजित पत्रकार सम्मेलनमा पिडितका बुबाले उक्त घटनाको सत्यतथ्य छानबिन तथा थप अनुसन्धान गरी दोषीलाई आवश्यक कानुनी कार्बाहीको लागि मानवअधिकारकर्मी, संचारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज लगायत सम्पुर्ण सरोकारबालाहरुसँग अनुरोध समेत गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट