News Category 2070/02/24

किराले टोक्दा बालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
राजविराजका एक जना बालकको बिषालु किराको टोकाईबाट बिहीबार ज्यान गएको छ ।
मृत्यु हुनेमा राजविराज २ बस्ने सन्तोषकुमार दासका छ वर्षीय छोरा श्रवणकुमार रहेका छन् ।
घरमा बसेको बखत कुनै किराले टोके लगत्तै सिकिस्त बनेका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याएका थिए ।
उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । गर्मी र वर्षाका कारण जताततै विभिन्न किसिमका विषालु सर्प देखिन थालेकाले कुनै विषालु सर्पले नै टोकेको हुन सक्ने परिवारका सदस्यहरुले अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट