News Category 2070/04/13

स्व. सिंहको योगदान उल्लेखीय ः वक्ताहरु

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको शैक्षिक र समाजिक विकासमा राजविराज निवासी स्वर्गीय डा. नागेश्वर प्रसाद सिंहको योगदान उल्लेखीय रहेको राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

स्वर्गीय सिंहको स्मृति दिवसमा राजविराजस्थित जेसीज भवनमा आयोजित कार्यक्रमका बक्ताहरुले स्वर्गीय सिंहको मार्गलाई आत्मसात गरी अघि बढ्न सके सप्तरीको विकासले गति लिने विश्वास समेत ब्यक्त गरेका छन् ।

कार्यक्रममा स्वर्गीय सिंहका सहकर्मी जशकरण शारडाले स्व. सिंह विकास प्रेमी, शान्ति प्रेमीका साथै शिक्षा प्रेमी समेत रहनु भएको चर्चा गर्नुभयो । उहाँले स्व. सिंहको योगदानलाई सबैले स्मरण गर्नु जरुरी रहेको बताउँदै सिंहको बाटोलाई आत्मसात गरी अघि बढ्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

कार्यक्रममा अवकाश प्राप्त प्राध्यापक यशोदानन्द मिश्रले स्व. सिंह समाजसेवी, शान्तिकामी मात्र नभई राजनीतिज्ञ समेत रहनु भएको उल्लेख गर्दै उहाँको योगदानलाई सम्मान गर्न नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।
स्व. सिंहका सहकर्मी जशकरण शारडाको अध्यक्षतामा आयोजित कार्यक्रममा अवकाश प्राप्त प्राध्यापक त्रिपुरारी शरणले स्व. सिंह बिकास प्रेमीका साथै रेडक्रस सोसाईटी, लाईन्स क्लब लगायतका समाजिक संस्थाहरुमा क्रियाशिल रहनु भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा राजविराजस्थित मविव क्याम्पसका प्रमुख डा. चिरञ्जीवि लाल देव, पुर्व क्याम्पस प्रमुख डा. सुनिल कुमार झा, डा. मुरली प्रसाद सिंह लगायतले स्व. सिंहको योगदान बारे चर्चा गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट