News Category 2072/02/29

संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले पनि सम्झौता जलायो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौताको बिरोध गर्दै बिहिबार राजविराजमा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीले सम्झौता जलाएको छ । 
मातृका प्रसाद यादव नेतृत्वको नेकपा (माओवादी)द्वारा गठित संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित गजेन्द्र चौकमा सो सम्झौताको प्रतिलिपी जलाएका हुन् । 
उक्त १६ बुँदे सम्झौतामा संघियतालाई कानुनी रुपमा समेत अस्विकार गरेका कारण त्यसको विरुद्धमा संघर्षमा उत्रिएको तथा सो सम्झौता पत्र जलाईएको समितिका केन्द्रिय प्रवक्ता बलराम यादवले जानकारी दिनुभयो । 
उक्त १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुट्टै बनाएर भ्रममा पारेको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीका संयोजक छेदी यादव रंजितले आरोप लगाउँनुभयो ।
यसअघि बुधबार सद्भावना पार्टीले पनि राजविराजमा १६ बुँदे सम्झौता जलाएर आफ्नो असन्तुष्टि व्यक्ति गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट