News Category 2072/02/30

बालश्रम मुक्त बनाउनुपर्नेमा जोड

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ जेठ । 
होटल तथा यातायातका साधनहरुमा कार्यरत बालबालिकाहरुलाई उचित शिक्षा दिक्षाको व्यवस्था गरी सप्तरीलाई बालश्रम मुक्त बनाउँनुपर्नेमा जोड दिएका छन् । जिल्ला विकास समितिको सहयोग, जिल्ला बाल कल्याण समितिको संयोजन तथा जिल्ला बाल क्लब संजाल सप्तरीको आयोजनामा शुक्रबार राजविराजमा निकालिएको जनचेतना मुलक ¥याली पश्चात् आयोजित सडक नाटकबाट सो कुरामा जोड दिइएको हो ।
राजविराज नगरको विभिन्न होटल तथा यातायातका साधनहरुमा कार्यरत बालबालिकाहरुलाई बालश्रम मुक्त बनाउनका लागि सम्बन्धित सबै सरोकारबाला निकायहरुको सहयोगको आवश्कयता रहेको बताएका छन् ।
यसअघि राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट बालश्रम निषेध गरौं, गुणस्तरीय शिक्षामा जोड दिऔं भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको विश्व दिवसमा शुक्रबार निकालिएको जनचेतनामूलक ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
सो ¥यालीमा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्ग, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, जिल्ला बाल कल्याण समितिका पदाधिकारी सहितकाहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट