News Category 2072/02/32

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु ११ जना घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु हुनुका साथै ११ जना घाईते भएका छन् । 
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको नकटीरायपुर गाविसमा शनिबार राती पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना.४ ख २०६९ नम्बरको मालवाहक ट्रकले स.३ प. १६५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्लाको सीतापुर ३ निवासी ३० वर्षीय नेनै चौधरीको मृत्यु भएको हो । 
ठक्करबाट गम्भिर भएका चौधरीको उपचारका लागि सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता ठक्कर दिने ट्रक र चालक बाराको बडहारा निवासी ३९ वर्षीय शिवहरी धिताललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यता आइतबार बिहान राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत देउरी भरुवा ४ स्थित खाँडो पुल नजिक माईक्रो आफै अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाईते भएका छन । जसमध्ये दुई जनाको अवस्था गम्भिर छ ।
विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को.१ ज १०६४ नम्बरको माईक्रो आफै अनियन्त्रित भई दुर्घटना हुँदा माईक्रोमा सवार ११ जनै घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
घाईते मध्ये गम्भिर भएका जिल्ला अदालत राजविराजका अधिकृत यादव खत्री तथा राजविराज ९ बस्ने ५५ वर्षिया शान्ति पुलामीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थपउपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ । 
साथै समान्य घाईतेहरुको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट