News Category 2072/03/02

अपाङगता भएका व्यक्तिहरुको दर्ता अभियान सुरु हुने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ असार । 
सप्तरी जिल्लाको पाँच गाविसमा संचालित विभिन्न घटना दर्ता सम्बन्धि अभियान अन्तरगत असार ७ गतेदेखी सो गाविसहरुमा अपाङगता भएका व्यक्तिहरुको दर्ता अभियान सुरु हुने भएको छ । 
मंगलबार राजविराजमा सम्पन्न समावेशी, जवाफदेही तथा पूर्ण शान्तिको लागि सहयोग कार्यक्रम जिल्ला स्तरिय समन्वय समितिको बैठकमा सो कुराको जानकारी दिइएको हो ।
सपोर्ट नेपालको सहयोग र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा जिल्लाको अर्नाहा, बेल्ही चपेना, ब्रहमपुर, पत्थरगाढा र गम्हरिया प्रवाह गाविसमा संचालित भइरहेको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो । भस्
यसअघि सो गाविसहरुमा जन्म दर्ता अभियानमा ६ सय ६३ जना, अपाङगता भएकाहरुको दर्ता अभियानमा १ सय ७५ जना, विवाह दर्ता अभियानमा ८० जोडी, जेष्ठ नागरिकहरुको नाम दर्ता अभियानमा ५५ जनाले र फोटोसहितको मतदाता नामावली संकलन अभियानमा २ सय १ जनालाई सहयोग गरिएको संयोजक झाले बताउनुभयो । 
सो अभियान अन्तरगत असार ७ गते गम्हरिया प्रवाहा, ८ गते पत्थरगाढा, ९ गते अर्नाहा, १० गते बेल्ही चपेना र ११ गते ब्रहमपुरमा अपाङगता भएका व्यक्तिहरुको दर्ता गर्न छुटेकाहरुको अभियान सुरु गर्ने निर्णय भएको छ । 
समन्वय समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षता तथा स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा गाविस सचिव तथा सामाजिक परिचालकहरु, संचारकर्मी, संघसंस्थाका प्रतिनिधी, अपाङ्क संघका अध्यक्ष बलदेव मण्डल लगायतको उपस्थिीत रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट