News Category 2072/03/05

एसएलसीको परिणाम यस वर्ष सप्तरी ओरालो लाग्यो १३.५६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ असार । 
२०७१ सालको प्रवेशिका परीक्षाको नतिजा शुक्रबार दिउँसो सार्वजनिक भएको छ । 
परीक्षामा नियमिततर्फ देशभरमा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सप्तरीमा मात्र १3.५6 प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् । गत वर्ष सप्तरीबाट १७ प्रतिशत विद्यार्थीहरु उत्र्तीण भएका थिए । गत वर्षको तुलनामा यस वर्ष सप्तरीको परिणाम करिब ३.५ प्रतिशतले ओरालो लागेको हो । 
देशभरमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब साढे तीन प्रतिशत बढी हो । गत वर्ष २०७० मा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस्तै विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७, प्रथम श्रेणीमा ९० हजार १ सय ७६, द्वितीय श्रेणीमा ७६ हजार ४ सय ८२ र तृतीय श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् ।
यसैगरि नियमिततर्फ सप्तरीमा विशिष्ट श्रेणीमा ८२ जना, प्रथम श्रेणीमा ७ सय ५७ जना, द्वितीय श्रेणीमा ७ सय ९५ जना र तृतीय श्रेणीमा ६२ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने परीक्षा रद्द भएको विद्यार्थीहको संख्या ४ सय ३९ रहेको छ । यसको उत्तीर्ण प्रतिशत १९.४९ रहेको छ । 
सप्तरीबाट नियमिततर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि रहेको परीक्षा शाखाका बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
यसैगरि एक्जामटेडतर्फ सप्तरीमा प्रथम श्रेणीमा १४, द्वितीय श्रेणीमा १ सय ६३ र तृतीय श्रेणीमा ६६ जना उत्तीर्ण भएका छन् । जसमा ५ सय १५ विद्यार्थीहरुको परीक्षा रद्द भएको छ ।
२०७१ को नियमित परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ ले आवेदन दिएकामा ४ लाख ५३ हजार ३८ ले परीक्षा दिएका थिए । एक्जामटेडतर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार २८८ विद्यार्थी सहभागी थिए । 
यस्तै मौका परीक्षा साउन २० गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसमा दुई विषयसम्म अनुत्तिर्ण विद्यार्थीहरुले परीक्षा दिने सकिने प्रावधान रहेको छ । 


प्रतिकृया दिनुहोस

ताजा अपडेट