News Category 2072/03/08

संविधान जारि गर्न सर्वसम्मत आवश्यक ः संयुक्त महासचिव मण्डल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ असार । 
सद्भावना पार्टीका संयुक्त महासचिव सीताराम मण्डलले संविधान कुनै पार्टीको नभएर त्यसलाई जारि गर्न सर्वसम्मत आवश्यक रहेको बताउनु भएको छ । 
पार्टी जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजमा सोमवार आयोजित संविधानसभा परित्याग सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । 
संविधान देशको मूल कानून भएकाले यसलाई अल्पमत र बहुमतको आधारमा जारी गर्न नमिल्ने बताउँनु हुँदै उहाँले संविधान सम्पूर्ण राजनीतिक दलहरुको सहमतिबाट जारि हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, “चार दलले गरेको सम्झौता–पत्रलाई सम्पूर्ण जनताका मान्य छैन् । मधेशी, आदिवासी, दलित, जनजातीलगायत शोषित उत्पीडित समुदायका लागि संविधान अति आवश्यक छ, त्यसैले सम्पूर्ण उत्पीडित शक्तिहरु एकजुट हुनु जरुरी छ ।”
पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिल महासंघ नेपालका केन्द्रिय अध्यक्ष विष्णुकुमार मण्डल, मधेशी निजामती कर्मचारी मञ्चका जिल्ला अध्यक्ष अजय कुमार झा, एनप्याव्सन सप्तरीका अध्यक्ष ई. बौकु साह, नागरिक सञ्जाल सप्तरीका संस्थापक संयोजक सुखराम यादव, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलगायतले बोल्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट