News Category 2070/04/14

कर्मचरीहरुले सिडीओलाई भने “तपाईले डन किन भन्नुभयो”

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ साउन । 
‘‘तपाई ले कर्मचारीहरुलाई डन किन भन्नुभयो, कर्मचारी डन हो भने तपाई कार्वाही किन गर्नुहुन् ?” भनेर कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई उहाँकै कार्यकक्षमा आईतवार प्रश्न गरिरहदाँ प्रजिअ निरीह बन्नु भएको थियो ।
केही दिनअघि राजविराजमा भएको एक सार्वजनिक कार्यक्रममा प्रजिअ पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरुमा एक जना कर्मचारी डन रहेको र त्यही डनले हाकिमहरुलाई चलाईरहेको भनि अभिब्यक्ति दिनुभएको थियो । 
प्रजिअको उक्त अभिब्यक्तिबाट आक्रोशित भएको कर्मचारी संघ संगठनका पदाधिकारीहरुले आईतवार जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर प्रजिअसमक्ष यस्तो प्रश्न गरेका हुन् ।
प्रजिअको अभिब्यक्ति प्रति आपति जनाउँदै बिभिन्न दल निकट कर्मचारी संगठनका पदाधिकारीहरुले प्रजिअलाई भेटेरै यस्तो प्रश्न गरिरहदाँ प्रजिअ निरिह जस्तो बन्नु भएको थियो, प्रजिअसँगको भेटमा सहभागि एक कर्मचारी संगठनका अध्यक्षले भन्नुभयो–‘‘हामीले सिडीओ साहबको अभिब्यक्ति गलत हो, तपाई आफ्नो अभिब्यक्ति सच्याउनु होस् भन्यौ ।” हामीले यसो भनिरहदाँ सिडीओ साहब केही नबोलि सुन्नुभयो उहाँको भनाई थियो ।
प्रजिअको उक्त भनाईले सम्पुर्ण कर्मचारीलाई अपमानित गरेको र उहाँले हुदै नभएको कर्मचारी डन भनाईबाट सृजना गरेकोले उहाँलाई सचेत गराउन आफुहरुले मौखिक ध्यानाकर्षण गराएको ती अध्यक्षले बताउनुभयो । 
हामीले लिखित रुपमै प्रजिअको बिरुद्धमा प्रेस बिज्ञप्ती जारी गर्न सोचेका थियौं तर यसो नगरेर पहिले मौखिक रुपमै प्रजिअसँग भेटेर कुरा राखौ भने उहाँसँग भेट्न आयौ, ती अध्यक्षले भन्नुभयो–‘‘ हामीले संयुक्त रुपमा मौखिक कुरा राखेपछि प्रजिअ पौडेलले मेरो भनाईको अभिप्राय त्यो नभएको बताउनुभयो ।” 
प्रजिअले अर्काे कार्यक्रममा म आफ्नो उक्त अभिब्यक्तिलाई सच्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको ती अध्यक्षको कथन थियो । 
तर प्रजिअ पौडेलले भन्नुभएको अभिब्यक्ति सही भएको स्थानियबासीहरुले बताएका छन् । प्रजिअ पौडेलले भने जस्तै सरकारी कार्यालयहरुमा डन रहेको र ती डनहरुको संरक्षण गर्न कर्मचारी संघ संगठनहरु आतिएको प्रतिक्रिया दिएका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट