News Category 2072/03/08

तीन वर्षदेखी एक यूवक वेपत्ता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ असार । 
विगत तीन बर्षदेखि सप्तरीका एक युवा वेपत्ता रहेका छन् । जिल्लाको २ नं. जोगिनियाँ गाविस ८ सकरदही निवासी लक्ष्मण मैरता यादवको १९ बर्षीय जेठो छोरा संजय यादव हालसम्म घर नफर्किदा परिवारजन चिन्तित भएका छन् । 
आप्mनै बुवासँग समान्य बिवाद भएपछि तीन बर्ष अगाडी घरबाट निस्केका परिवारजनले बताएका छन् ।
समान्य बिवादपछि घरबाट निस्केको सञ्जयले ६ महिनापछि एउटा चिठी पठाएको थियो र जसमा लेखेको छ “म बिराटनगर उप–महानगरपालिका १४ मा बस्दै आएको छुु तपाईहरु मेरो कुनै चिन्ता लिनु पर्दैन म यहाँ सञ्चै छु” छोराको चिठी प्राप्त भएपछि उनको परिवारको सदस्यसहित बिराटनगरमा खोज्न जादा समेत हालसम्म संजय भेटिएका छैनन् । 
यसैबिच सो सम्बन्धमा स्थानीय प्रहरीलाई जानकारी दिदा हालसम्म खोजी हुन नसकेको बताइएको छ । यता छेराको खोजी गरिदिनका लागि मानबअधिकारकर्मी,  सञ्चारकर्मी, नागरीक समाज तथा सम्बन्धित निकाय लगायत प्रहरी प्रशासनलाई समेत आग्रह गरेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट