News Category 2072/03/09

कोइराला र देउवाले नसकेको विवाद प्रदिपले मिलाए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ असार । 
नेपाली कांग्रेस सप्तरीको क्रियाशील सदस्यता सम्बन्धी ४ महिनादेखिको विवाद समाधान भएको छ । 
सप्तरीका कांग्रेस सभापति दिनेश यादव र ६ क्षेत्रीय सभापतिहरुका बीचमा विवाद बढेका कारण क्रियाशील सदस्यताको टुंंगो लाग्न सकेको थिएन ।
पार्टीको केन्द्रमा रहेको संस्थापन र देउवा पक्षको लडाई सप्तरीमा पनि देखिएको थियो । देउवा पक्षका सप्तरी पार्टी सभापति दिनेश यादवले क्रियाशील सदस्यताका २ हजार ५३ फाराम आफैले राखेका थिए । उनको नियतमा शंका गर्दै संस्थापन पक्षका ६ क्षेत्रीय सभापतिले क्रियाशील सदस्यता फाराम बुझाउन अस्वीकार गर्दै आएका थिए । विवाद सुल्झाउनका लागि पार्टी सभापति सुशील कोइराला देखि वरिष्ठ नेता शेरबहादुर देउवाकहाँ सम्म कांग्रेस नेताहरु धाएका थिए । यद्दपि कोइराला र देउवाले मिलाउन नसकेको विवाद कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले मिलाइदिएका छन् ।
विवाद समाधान गर्न पटकपटक केन्द्रबाट गरिएको प्रयास विफल भएपछि कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेललाई सप्तरीको विवाद सुल्झाउन खटाएको थियो ।
क्रियाशील सदस्यता वितरणका क्रममा केन्द्रले पठाएको सदस्यता फाराममध्ये २ हजार ५३ वटा फाराम जिल्ला सभापति दिनेश यादवले आफैसँग राखेपछि ६ जना क्षेत्रीय सभापतिले असन्तुष्टि राख्दै आएका थिए । उनीहरुले जिल्ला सभापतिलाई आफूसँग भएको सदस्यता फाराम बुझाउन अस्वीकार गर्दै आएका थिए । क्रियाशील सदस्यता छानबिन समितिले जिल्ला सभापतिमार्फत सदस्यता फाराम बुझाउन निर्देशन दिएपनि क्षेत्रीय सभापतिहरुले जिल्ला सभापतिसँग भएको २ हजार ५३ फाराम फिर्ता गर्न माग गर्दै आएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललेको संयोजनमा भएको लिखित सहमतिपश्चात् सबै क्षेत्रीय सभापतिहरुले जिल्ला सभापतिलाई सदस्यता फाराम बुझाएका छन् । जिल्ला सभापति दिनेश यादवले पनि आफूले राखेका २ हजार ५३ मध्ये १४ सय फाराम पौडेलमार्फत केन्द्रीय समितिमा फिर्ता गरेका छन् । बाँकी ६ सय फारामको वैधानिकता नरहनेमा पनि नेताहरुबीच सहमति भएको पौडेलले जानकारी गराए । ‘पार्टीको निर्देशनअनुसार जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुबीच सहमति भएको छ । यो सहमति अनुसार सप्तरी कांग्रेसमा लामो समयदेखि रहेको विवाद अन्त्य भएको छ । 
साभार ः जयनेपाल न्यूजडट कम

प्रतिकृया दिनुहोस

ताजा अपडेट