News Category 2072/03/09

नशा मुक्त सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ असार । 
सद्भावना, नैतिकता र नशा मुक्तिका मुल उद्देश्यले पैदलयात्रा गर्दै राजविराज आउनु भएका अहिंसा पदयात्रा टोलीले मंगलबार राजविराजमा नशा मुक्त सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
तेरापंथ युवक परिषद राजविराजको आयोजनामा नशा मुक्त युवा, नशा मुक्त समाज भन्ने मुल नाराका साथ मंगलबार बिहान राजविराजमा नशा मुक्त सम्बिन्ध विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको हो । 
अखिल भारतीय तेरापंथ युवक परिषदका प्रभारी मुन योगेश कुमारले “सूर्य अस्त नेपाल मस्त” अर्थात नेपालमा नशालु पदार्थ सेवनकर्ताको संख्यामा निकै बृद्धि भएकोले “नशा मुक्त युवा, नशा मुक्त समाज” नाराका साथ सो जनचेतना मूलक ¥याली, प्रवचन तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुभयो । 
मानवता भित्रको मानवता स्थापनाको लागि समाजमा सुख शान्तिका लागि अहिंसाको पद यात्रा भारतको दिल्लीबाट शुरु गरेको सो यात्रा राजस्थान सहित विभिन्न देशका साथै नेपालको विभिन्न स्थानमा पदयात्रा सहितको टोली राजविराजमा आएको छ ।
परिषदका मुनि आलोक कुमारले यसअघि पदयात्राकै क्रममा मुलुकको अन्य जिल्लाहरुमा उक्त जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दा सयौ युवाहरुलाई नशा मुक्त गर्न सफल भएको तथा सयौ जनाले प्रतिवद्धता समेत जनाएको बताउँनुभयो । 
भारतको नयाँ दिल्लीबाट विश्वमा शान्ति स्थापनाका लागि पदयात्रा सुरु गरेका जैन धर्मावलम्बी गुरुको एक टोली गत शुक्रबार राजविराज आइपुगेका हुन । 
मानव जातिका लागि शान्ति, सद्भावना र अहिंसाको सन्देश दिने उद्देश्यले पैदलयात्रा गर्दै आचार्यसहितको जैनसाधु दुई महिना काठमाडौँ बसाइपछि शुक्रबारदेखि राजविराजमा एक साताका लागि सुरु हुने प्रवासमा ज्ञान प्रवचन, शान्ति, सत्संग र अहिंसासम्बन्धी ब्याख्यान तथा प्रवचन कार्यक्रमहरु गर्दै आएका छन । 
सद्भाव र नैतिकताको प्रचारप्रसारलगायतको अभियान नै पैदलयात्राको उद्देश्य रहेको बताइएको छ । यहाँ एक साताको बसाइँपछि साधुको टोली विराटनगर पुगेर त्यहाँ चार महिना प्रवास बस्ने कार्यक्रम रहेको र त्यसपछि भुटान जाने कार्यक्रम रहेको तेरापन्थी सभा राजविराजका अध्यक्ष गजराज तातेडले बताउनुभएको छ ।
उक्त पदयात्रामा ४५ जना साधुसंत तथा करिब ४० जना भन्दा बढी महन्थहरुको सहभागिता रहेको तथा उक्त टोलीलाई राजविराजबासीहरुले सामुहिक रुपमा भव्य स्वागत गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट