News Category 2072/03/11

जिल्ला प्रहरीमा निःशुल्क स्वास्थ्य शिविर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० असार । 
जैन तेरापंथ धर्म संघका ११ औं आचार्य श्री महाश्रमण अहिंसा पदयात्राको क्रममा बिहिबार प्रहरीको परिवारजनहरुका लागि एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।
तेरापन्थ सभा राजबिराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालय परिसरमा नेपाल प्रहरी र प्रहरीका परिवारजनहरुको लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । 
उक्त शिविरमा डा. देबेन्द्र मिश्र र डा. मुन्ना भाई समेतको टोलीले महिला ३३ जना, पुरुष ८७ जना गरी जम्मा १२० जनालाई निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण समेत गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट