News Category 2072/03/11

मैथिली पत्रकारिता तालिम सुरु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० असार ।
सप्तरीबाट मैथिली भाषामा नियमित रुपमा दैनिक पत्रिका प्रकाशनमा आएपछि मात्र मैथिली भाषा, संस्कृतिको उत्थान हुन सकिने विश्वास एक कार्यक्रमको सहभागिहरुले गरेका छन ।
जिल्ला विकास समिति सप्तरीको सहयोग तथा मैथिली मिडिया प्रालिको आयोजनामा राजविराजमा आयोजित मैथिली भाषा साहित्य कला संस्कृति, संचारक लेल मैथिली श्रव्य आ लेखन सम्बन्धि पाँच दिने पत्रकारिता तालिमको उद्घाटन समारोहमा सहभागिहरुले यस्तो विश्वास व्यक्त गरेका हुन ।
प्रालिका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षता तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा आयोजित सो तालिमको उद्घाटन समारोहमा मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डल, प्राध्यापकद्वय जनआनन्द मिश्र, अमरकान्त झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, छिन्नमस्ता एफएमका स्टेशन मेनैजर शिब प्रताप साह, संचार यात्रा नेपालकी करुणा झा, पत्रकार जितेन्द्र कुमार झा जितु, परिषदका रामअधिन साह संतोषी सहितकाहरुले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागु भएपछि मात्र मैथिली भाषा, सँस्कृतिको उत्थान हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
उक्त पाँच दिने तालिममा जिल्लाका विभिन्न संचारगृहसँग आवद्ध २५ जना युवायुवतीहरुको सहभागिता रहेको तथा मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डल, प्राध्यापकद्वय जनआनन्द मिश्र, अमरकान्त झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, कान्तिपुर दैनिक जनकपुरका संवाददाता श्यामसुन्दर शशि, मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्र, परिषदका उपाध्यक्ष सतिश कुमार दत्तले सो तालिमको सहजिकरण गर्ने मैथिली साहित्य परिषदका सचिव श्याम सुन्दर यादवले जानकारी दिनुभयो । 
विगत १२ वर्षपछि मुलुकमा दोश्रो पटक सप्तरीको राजविराजमा मैथिली भाषामा पत्रकारिता सम्बन्धि तालिम शुरु भएपछि स्थानीय एफएमका युवायुवतीहरु उत्साहका साथ सो तालिममा सहभागि भएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट