News Category 2072/03/12

१६ बुँदै सहमति गरेर संविधान सभाबाटै संविधान बन्ने ः गच्छदार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ असार ।
पूर्व उपप्रधान एवं गृहमन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष विजय कुमार गच्छदारले १६ बुँदै सहमति गरेर संविधान सभाबाटै संविधान बनाउँन लागिएको बताउँनु भएको छ । 
सप्तरीको इटहरी विष्णुपुर गाविस ७ स्थित रुद्र नारायण माविमा शुक्रबार नेपाल अमात समाज कल्याण समितिको प्रथम केन्द्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले नेपालबाट मधेश शब्द हटाएर मधेशीको पहिचान हटाउँन खोजेको भन्दै त्यसका लागि सम्पुर्ण मधेशीहरुलाई एकवद्ध भई अगाडी बढ्न आग्रह समेत गर्नुभयो । 
उहाँले हिमाल, पहाड र तराई एक अर्काको परिपुरक रहेको भन्दै मधेशले पहाडलाई पहाडले हिमाललाई संरक्षण गर्नुपर्नेमा जोड दिनुहुँदै जातिय विभेदलाई अन्त्य गरिनुपर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष गच्छदारले २०६२÷०६३ को जनआन्दोलन पश्चात् मुलुकमा विभिन्न जात जातीहरुको पहिचान, अधिकार, संस्कृतिक, भेषभुषा स्थापना हुन थालेको बताउँदै अमात जातीको पहिचानका लागि सम्पुर्ण अमात जातीहरुले आ–आप्mनो स्थानबाट आवाज उठाएमात्र अमात जातीको पनि अधिकार र पहिचान स्थापना हुन सकिने विश्वास ब्यक्त गर्नुभयो । 
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहँुदै अध्यक्ष गच्छदारले अमात जातिको पनि राज्यमा सम्मान पहुँच हुनुपर्नेमा जोड दिनुहुँदै अमात जातिको हक अधिकार सुनिश्चितताका लागि सम्पुर्ण अमात जातिलाई एक जुट हुन आग्रह समेत गर्नुभयो । उहाँले अमात जातिलाई जनजातीको सुचिमा स्थापित गराउने प्रतिवद्धता समेत जनाउँनु भयो ।
उहाँले शैक्षिक, राजनितिक, सामाजिक दृष्टिकोणले पनि अमात जातीअझै पछाडी परेको बताउँदै अमात जातीहरुको बिचमा एकता भए मात्र अमात जातीको अधिकार र पहिचान सुनिश्चितता हुन सकिने जिकिर गर्नुभयो । 
त्यसैगरी सोही कार्यक्रममा सनातन धर्मका आचार्य जिबछ दास साहेवले चरित्रको विकास बिना मानव जातीको विकास सम्भव नरहेको बताउँनुहुँदै हत्या, हिंसा र नशा मुक्त समाज बनाउँनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनैतिकस्तरबाट अमात जातीको अधिकार र पहिचान स्थापना हुन सकिने बताउँदै अमात जातीलाई शिक्षा र दिक्षमा समेत विकास हुनुपर्ने उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीले मधेशीको पहिचान नमिलेसम्म अमात जातीको पहिचान स्थापना हुन नसकिने बताउँनुहुँदै उहाँले पहिचानका लागि सम्पुर्ण मधेशीहरुलाई एक जुट भएर आन्दोलन गर्नुपर्ने बताउनुभयो । 
उहाँले मुलुकमा पहाडी शासकहरुले मधेशी सामुदायमाथि ठूलो षडयन्त्र गरी पहिचान स्थापना नगर्ने पक्षमा लागिपरेको बताउदै पहिचान स्थानपनाको लागि सबै एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । 
नेपाल अमात समाज कल्याण समितिका अध्यक्ष हरी प्रसाद रायको अध्यक्षतामा आयोजित सो महाधिवेशनको उद्घाटन समारोहमा सभासद सकलदेव सुतिहार, डा.रामचन्द्र राम, रमणी राम, समाजका सप्तरी अध्यक्ष चन्द्रेश्वर मण्डल, मोरङ्ग अध्यक्ष रामप्रताप राय, सुनसरी अध्यक्ष सुभक लाल राय, सिरहा अध्यक्ष रामअशिष राय, धनुषा अध्यक्ष किशोर राय, सर्लाही अध्यक्ष सौभार राउत, महोत्तरी अध्यक्ष सोनेलाल राय, समाजका धर्म नारायण राय, यादव सेवा समितिका अध्यक्ष प्रयाग यादव, भारतको बिहार राज्य अन्तरगत मधुवनी प्रदेशका महासचिव लक्ष्मेश्वर राय, जनता दल युनाईटेड अररियाका अध्यक्ष अनन्त कुमार राय, निर्मलीका प्रा.डा.बिमल कुमार राय, नेपाल परिवार दलका सप्तरी जिल्ला अध्यक्ष मो.मोईन उद्धिन बब्लु खान सहितका बक्ताहरुले अमात जातीलाई सुचिकृत गर्नुपर्नेमा विशेष जोड दिनुभयो । 
रुद्र नारायण मावि गोरगामा रंजितपुरको विद्यालय प्राङ्गणमा शुक्रबार र शनिबार दुई दिनसम्म संचालन हुने सो महाधिवेशनमा सप्तरी सहित, सुनसरी, मोरङ्ग, सिरहा, धनुषा, सर्लाही, महोत्तरीका साथै सिछमेकी भारतबाट समेत करिब ३ हजारको हाराहारीमा अमात जातीको जनसहभागिता रहेको महाधिवेशन तयारी समितिका संयोजक डा.रामचन्द्र रायले जानकारी दिनुभयो ।
हाल मुलुकको झण्डै २ लाखको हाराहारीमा अमात जाती रहेपनि २०६८ सालको राष्ट्रिय जनगणनामा ३० हजार ८ सय ४० जना मात्र अमात (राय) जातिको तथ्याङ्क देखाएकोमा समितिका पदाधिकारीहरुले त्यसको घोर भत्सर्ना गरेका छन् ।
यसैबिच रुद्र नारायण मावि गोरगामा रंजितपुर विद्यालयको घेरावेरा र प्रवेशद्वार निर्माण सहितको माग गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललन कुमार रायले पुर्व उपप्रधान एवं गृहमन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष विजय कुमार गच्छदारलाई अनुरोध पत्र समेत बुझाउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट