News Category 2072/03/13

सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिम सुरु

दैनिक समाचारदाता

राजविराज÷सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले देश र समाजमा देखिएका विभिन्न संक्रमणलाई शान्ति समितिले निकास दिन अहम भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
स्थानिय शान्ति समिति सप्तरीको आयोजनामा शनिबारदेखी राजविराजमा संचालित मध्यस्थता सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो विश्वास ब्यक्त गरेका हुन । 
उहाँले समाजमा शान्ति स्थापनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मुलुकको निकाशसँगै विकासलाई पनि अगाडी बढाउँन स्थानीय शान्ति समितिले अहम भुमिका निर्वाह गर्ने बताउँनुभयो । 
स्थानीय शान्ति समिति सप्तरीका संयोजक निरजंन झाको अध्यक्षतामा आयोजित सो तालिमको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष गोविन्द न्यौपाने, एमाओवादीका संयोजक असर्फी सदा, स्थानीय शान्ति समितिका सदस्यहरु किशोर कुमार यादव केसी, महेन्द्र यादव, कृपा नारायण यादव, राजेन्द्र विक, सकिल अलि, ललिता देवी मण्डल, शैलेन्द्र कुमार सिंह, प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता,  नेङ्गरा गाविसका संयोजक सुरेन्द्र प्रसाद यादव लगायतका बक्ताहरुले मुलुकमा शान्ति स्थानपनाको लागि  स्थानीय शान्ति समितिले अहम भुमिका निर्वाह गर्दै आएको बताउँनुभयो । 
राजविराजमा आयोजित सो दुई दिने तालिममा पहिलो चरणमा जिल्लाको अर्नाहा, हनुमाननगर, कोचाबखारी, पकरी, काचन, मलेकपुर, डिमन, बभनगामाकटी, लोहजारा, औरही, बेल्ही चपेना, फत्तेपुर, बकधुवा सहित २० गाविसबाट दुई दुई जनाका दरले ४० जनाको सहभागिता रहेको स्थानीय शान्ति समिति सप्तरीकी सचिव केशला गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट