News Category 2072/03/14

तलब नखाएको भन्दै आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखलाई थुने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ असार । 
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कार्यरत आंशिक प्राध्यापकहरुले तलब नपाएको भन्दै क्याम्पस प्रमुखलाई आईतबार थुनेर तालाबन्दी गरेका छन् ।
विगत पाँच महिनादेखि आफुहरुले तलब नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख प्रा.डा.चिरजिवी लाल देवको कार्यकक्षमा तालबन्दी गर्नुका साथै क्याम्पस प्रमुखलाई थुनेका छन् । 
उक्त क्याम्पसमा करिब २३ जना आंशिक प्राध्यापकहरु पढाउँदै आएको तथा उनीहरुले माघदेखि असारसम्म ५ महिनाको तलब नपाएको भन्दै क्याम्पस प्रमुखलाई थुनेको जानकारी दिएका छन् । 
यसैबिच सो सम्बन्धमा क्याम्पस प्रमुख देवले आंशिक प्राध्यापकहरुलाई क्याम्पसकै आन्तरिक श्रोतबाट तलब खुवाउनु परेको भन्दै माघ सम्मको तलब खुवाई सकेको तथा बाँकी ५ महिना असार महिनासम्मको तलब असार मसान्त भित्रै खुवाउने प्रयासमा लागिपरेको जानकारी दिनुभयो । 
यता क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसका अधिकांश आंशिक प्राध्यापकहरु नियमित कक्षामा नआउने गरेको गुनासो समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट