News Category 2072/03/15

पोखरीमा डुबेर बालिकाको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ असार । 
सप्तरीको रौतहट गाविसको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा जिल्लाको रौतहट गाविस ४ निवासी अशोक दासकी तीन वर्षीया छोरी नन्दनी दास रहेको प्रहरीले जनाएको छ । 
आइतबारदेखि हराइरहेकी नन्दनीको खोजी गर्दा वडा नं ५ स्थित रहेको पोखरीमा सोमबार डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट