News Category 2072/03/18

शान्ति समितिको तालिम सम्पन्न

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ असार । 
स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले मुलुक र समाजबाट द्वन्द्व न्युनिकरण गर्नका लागि स्थानीय शान्ति समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभएको छ । स्थानिय शान्ति समिति सप्तरीको आयोजनामा राजविराजमा संचालित मध्यस्थता सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिमको समापन्न समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले कुरामा जोड दिनुभएको हो ।
उहाँले समाजमा शान्ति स्थापनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताउँदै समाजमा स्थायी शान्तिका लागि शान्ति समिति अझ सक्रियता पुर्वक लाग्न अनुरोध समेत गर्नुभयो । 
स्थानीय शान्ति समिति सप्तरीका संयोजक निरजंन झाको अध्यक्षतामा आयोजित सो तालिमको समापन्न समारोहमा स्थानीय शान्ति समितिका सचिवालय सदस्य किशोर कुमार यादव, प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता, सद्भावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, पत्रकार श्याम सुन्दर यादव लगायतका बक्ताहरुले मुलुकमा शान्ति स्थानपनाको लागि स्थानीय शान्ति समितिले अहम भुमिका निर्वाह गर्दै आएको बताउँनुभयो । 
राजविराजमा आयोजित सो दुई दिने तालिममा पहिलो, दोश्रो र तेश्रो चरणको समापन्न समारोहमा जिल्लाको विभिन्न ६० वटा गाविसबाट दुई दुई जनाका दरले १ सय २० जनालाई सो दुई दिने तालिम दिईएको स्थानीय शान्ति समिति सप्तरीकी सचिव केशला गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट