News Category 2072/03/19

लागुऔषधसहित पेडा पसले पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ असार ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर र पूर्व क्षेत्रीय प्रहरीको संयुक्त टोलीले सप्तरीको बरमझियामा रहेको पेडा पसलबाट लागुऔषधसहित पसल सञ्चालकलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा पेडा पसलका संचालक ३२ वर्षीय राजकुमार गुप्ता रहेका छन् । पेडा पसलमा लागुऔषध बिक्री वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले पसलमा छापा मारेको हो । 
सप्तरीको त्रिकोल गाविस–८ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बरमझियास्थित श्री बाबा वैद्यनाथ पेडा पसलमा गोप्य सूचनाको आधारमा छापा मारी लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
गुप्ताको पसलबाट ११९ थान नाइट्रोजन, ८४ क्याप्सुल स्पास्मोप्रोक्सिवन, दुई बोतल कोरेक्स र दुई थान मोबाइल फोन बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापाले बताउनुभयो । 
प्रहरीका अनुसार गुप्ताले पूर्व–पश्चिम राजमार्गमा चल्ने लामो दूरीका रात्रि बसका चालक तथा सहयोगी चालकलाई लागुऔषध बिक्री वितरण गर्ने गरेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट