News Category 2072/03/22

अख्तियार भनि धम्काउने चौधरी पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ असार । 
आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धानको मान्छे भएको भन्दै धम्काउने र ठग्ने कार्यमा संलग्न भएको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका १० का २८ वर्षिय विजेन्द्र कुमार चौधरी रहेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आफू अख्तियार र अनुसन्धानको मान्छे भएको भन्दै स्थानीयहरुलाई धम्काउने क्रममा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको साथबाट सेतो नम्बर प्लेट भएको बा.१ घ १४९२ नम्बरको होण्डा साईन मोटरसाईकल, दुई थान प्रहरीले लगाउने कम्बायड ड्रेस र एक थान कालो छालाको बुट र विभिन्न अन्य कागजातहरु फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
चौधरीले गतवर्ष चैत ७ गते सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित संजिव कुमार खड्काको घरमा आएका विराटनगर ६ का दीपक श्रेष्ठको को.१२ प १०९१ नम्बरको होण्डा साईन मोटरसाईकल पुरानो चिनजानको आधारमा तुरुन्त आउँदैछु भनेर वेपत्ता भएका थिए ।
नेपाल प्रहरीको असई भनेर समेत धम्काउने चौधरीमाथि ठगी मुद्दामा सप्तरी जिल्ला अदालतबाट सोमबार म्याद थप गराई आवश्यक अनुसन्धान कार्य अगाडि बढाईएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट