News Category 2072/03/28

संविधानको मस्यौदा विरुद्ध कालो झण्डा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ असार । 
संघिय मधेशी मोर्चाले आईतबार संविधानको मस्यौदा विरुद्धमा राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका छन । 
संघिय मधेशी मोर्चासँग आवद्ध सदभावना पार्टी, संघिय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात नगरको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका हुन । 
राजविराजस्थित शिव मन्दिर, गजेन्द्र चौक, जनअन्दोलन चौक, मालपोत कार्यालय नजिक सहित नगरको अन्य विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिनुभयो ।
संविधानको मस्यौदामा सिमाङ्कन, नामाङ्कन सहित संविधान मस्यौदामा त्रृटिपुर्ण रहेको भन्दै संयुक्त मधेशी मोर्चा आन्दोलनमा उत्रेका हुन् । यस्तै सो मस्यौदामा मधेश आन्दोलनबाट प्राप्त उपलब्धि तथा मर्म र भावना विपरीत उल्लेख रहेको भन्दै आन्दोलनमा जानु परेको अध्यक्ष झाले बताउँनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट