News Category 2072/03/29

१४ दिनपपछि पत्रकार महासंघको ताला खुल्यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ असार ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा लगाईएको ताला १४ दिन पछि सोमबार खुलेको छ । 
महासंघमा उत्पन्न विवाद सुल्झाउनका लागि अगामी साउन ७ गते भित्र मागहरु सम्बोधन हुने गरी महासंघका पूर्वअध्यक्षहरुले स्वतेपत्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेपछि महासंघको ताला सोमबारबाट खुलेको हो । 
नेपाल पत्रकार महासंघको कार्यसमितिको कार्यशैली विरुद्ध यहाँका पत्रकारहरु चरणवद्ध रुपमा आन्दोलनमा ओर्लेका थिए । सोही क्रममा असार १५ गते नेपाल पत्रकार महासंघ शाखा राजविराजमा तालाबन्दी गरिएको थियो । 
यसैबिच महासंघका पूर्व अध्यक्षहरुले सत्यतथ्य छानबिन गरी जारी गर्ने स्वतेपत्र संघर्ष समिति र महासंघको कार्यसमिति दुवै पक्षले स्वीकार गर्ने सहमती भएपछि तालाबन्दी खुलेको नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका कार्यशैली बिरुद्धको संघर्ष समितिका संयोजक जितेन्द्र खडगाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।  महासंघमा गरिएको तालाबन्दी सम्बन्धमा शाखाका पूर्व अध्यक्षहरुको समन्वयमा शाखाको वार्ता समिति र संघर्ष समितिका वार्ता समिति बीच दुई चरणको वार्ता पश्चात भएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरी कार्य समितिको कार्यशैली विरुद्ध आन्दोलनरत पक्षद्वारा प्रस्तुत २६ बुँदे माग सम्बोधन गर्ने तथा कार्यसमिति र आन्दोलनरत पक्षले पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ । महासंघका पुर्व अध्यक्षहरु, महासंघ कार्यसमितिका पदाधिकारी र संघर्ष समिति बिच असार २५ र २७ गते दुई चरणमा भएको वार्तामा पत्रकारहरुको माँगलाई सम्वोधन गर्दै अघि वढ्ने सहमति भए अनुसार आन्दोलनका कार्यक्रम फिर्ता लिईएको संघर्ष समितिका संयोजक खड्गाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । 
महासंघका पुर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्टराई, विष्णु मण्डल, वैद्यनाथ झा, मुरली प्रसाद यादव, शम्भु झा, धिरेन्द्रप्रसाद साह लगायतले उपस्थितिमा वार्ता भएको थियो । 
साथै नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई उद्देश्य पुर्तिको बाटोमा अझ सक्रिय बनाउने र सामुहीक नेतृत्वको विकास गर्न भविष्यमा चालिने कदममा सहयोग गर्ने जनाएको छ । 
यसै बिच मोटरसाईकल दुर्घटनामा परि घाईते हुनुभएका शाखा अध्यक्ष प्रकाश खतिवडा तथा शाखाका सभाषद राजेश झा समेत सिकिस्त बिरामी पर्नु भएकाले उहाँहरुको सिघ्र स्वास्थ लाभको कामना समेत गर्नुभएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साहले सोमबार एक विज्ञप्ति जारि गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा गरेको तालाबन्दीबारे शाखाका पूर्व अध्यक्षहरुले गम्भीरतापूर्वक लिदैँ महासंघ कार्यसमिति र संघर्ष समितिसँग दुई चरणको छलफल गरी दुई बुँदे सहमति गराएर तालाबन्दी खोलाएकोप्रति पूर्व अध्यक्षहरुलाई हार्दिक धन्यवाद प्रकट गरिएको छ । 
सहमति गराउन पूर्व अध्यक्षहरुले खेलेको अभिभावकीय भूमिकाको विज्ञप्तिमा प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै भूमिकाको अपेक्षा राख्दै उहाँहरुलाई धन्यवाद दिइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट