News Category 2072/03/29

तीन सुरक्षा निकायका प्रमुखहरु सप्तरीमा राय संकलन गर्न आउने टोलीलाई विशेष सुरक्षा दिन गृह सचिवको निर्देशन

दैनिक समाचारदाता

दैनिक संवाददाता राजविराज, २८ असार । 

मधेसी दलहरुले मस्यौदाको बिरोध गरिरहेको समयमा मधेसी बाहुल्य जिल्ला रहेको सप्तरीमा सोमबार दिउँसो सुरक्षा निकायका उच्च पदाधिकारीहरुसहित गृहसचिव यहाँ आइपुग्नु भएको छ । 
 टोलीमा गृह सचिव सुर्यप्रसाद सिलवाल, नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिर्देशक कोषराज वन्त, राष्ट्रिय अनुसंधानका महानिरिक्षक दिलिपराज रेग्मी रहनु भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
प्रजिअ यादवको निवासमा भएको गोप्य छलफलमा सुनसरी, मोरंग लगायतका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखहरु सहभागिता रहेको थियो । संविधानको मस्यौदा माथि जनताको राय सुझाव संकलन गर्न सभाषदहरुको टोली जिल्ला आउन लागेको पुर्व संध्यामा गृह सचिव सहित तिनबटै सुरक्षा निकायका प्रमुखहरु सप्तरी आईपुग्नु भएको हो । मस्यौदाको मधेस केन्द्रित दलहरुले बिरोघ गरिरहदा गृह सचिवसहित उच्च सुरक्षा अधिकारीहरुको सप्तरी भ्रमणलाई अर्थपुर्ण रुपमा लिईएको छ । जिल्लाका समग्र सुरक्षा अवस्था बारे बुझ्न उहाूहरुको भ्रमण भएको, प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका समग्र सुरक्षा बारे बुझ्न काम भयो, संबिधानको मस्यौदामा राय सुझाव संकलन गर्न आउने टालीलाई भरपर्दो सुरक्षा उपलब्ध गराउन ब्यवस्था मिलाउन गृह सचिव सचिवद्वारा निर्देशन प्राप्त भएको छ ।” संबिधान सभामा भाग नलिएपनि तराई मधेस राष्ट्रिय अभियानका नाममा संगठन बिस्तार गरेका जयप्रकाश गुप्ताका र मधेसलाई छुट्टै देशको माग गर्दै संघर्षमा रहेका डा. सिके राउतको गृह जिल्ला तथा सशस्त्र भूमिगत गतिबिधी गरिरहेका जयकृष्ण गोइत समेतको गृह जिल्ला रहेकाले सप्तरीलाई बिशेष महत्व दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट