News Category 2072/03/30

सप्तरीमा दश प्रतिशत मात्र धान रोपाई

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ असार । 
सप्तरीमा हालसम्ममा १० प्रतिशत मात्र धान रोपाई भएको छ । 
धान रोपाईका लागि महत्वपूर्ण समय मानिएको असारको अन्तिम साता सम्ममा सिंचितमा ७ प्रतिशत २ हजार ८ सय हेक्टर र असिंचितमा ३ प्रतिशत ९ सय हेक्टर जग्गामा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । 
समयमा बर्षा नभएपछि गत बर्ष खडेरीको मार खेपेका सप्तरीका किसानहरु यस बर्ष पनि चिन्तित देखिएका छन् ।  
असारको दोश्रो सातातिर थोरै बर्षा भएपनि त्यपछि वर्षा नभएपछि यहाँका किसानहरु सुख्खा खेतमा भए पनि हलो जोत्न बाध्य भएका छन् । 
बर्षा नभएपछि अहिलेसम्म सप्तरीमा कुल ७० हजार हेक्टर खेति योग्य क्षेत्रफल मध्ये करिब ३ हजार ७ सय हेक्टर जमिनमा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । 
मनसुन सुरु हुन ढिलाई भईरहेकाले धान रोप्नेमा समेत ढिलाई हुने भएकाले यस बर्षपनि सप्तरीमा धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको छ ।  
सप्तरीमा ६६ हजार हेक्टर जमिन धान  खेतीका लागि योग्य भएपनि ३९ हजार हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ । 
गएको वर्ष सप्तरीमा २० हेक्टर क्षेत्रफलमा लगाईको धानबालीबाट ५५ हजार मेट्रिक टन मात्र धानको उत्पादन भएको थियो । 
यता सप्तरीमा सिंचाईको राम्रो सुविधा समेत नभएका कारण पनि किसानहरुलाई रोपाई गर्न गाह्रो भएको छ । मुलुककै पुरानो चन्द्र नहर अहिले जिर्ण अवस्थामा पुगिसक्दा अन्य नहरहरुमा खेतीको समयमा पर्याप्त पानी नआउनाले समेत सप्तरीका कृषकहरु मारमा परेका छन् । 
बर्षा नभएपछि केही किसानहरुले पानी तान्ने मोटर जडान गरेर धान रोपाई गरिरहेका छन भने कतिपय किसानहरु अझै बर्षाको प्रतिक्षामा बसिरहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट