News Category 2072/03/31

नेवि संघ सभापति कर्णमाथि भएको आक्रमणको भत्र्सना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० असार । 
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष एवं सभासद रंजित कर्णमाथि भएको दुव्र्यवहार तथा संघातिक आक्रमणप्रति संघले घोर भत्सर्ना गरेको छ । 
संघका जिल्ला उपसभापति रामचन्द्र यादव, संघका केन्द्रिय महाधिवेशन प्रतिनिधिद्वय पार्थो सरकार, संतोष यादव, अर्जुन कुमार यादव, संघका जिल्ला सदस्य राजकुमार चौधरी सहितकाले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी कर्णमाथि भएको दुव्यर्वहार एवं संघातिक आक्रमणको भत्र्सना गर्दै सो घटनामा संलग्नहरुलाई कानुनी कार्बाही गर्नुपर्ने माँग गर्नु भएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा आप्mनो निजि निवासमा १३ विद्यार्थी संगठनको महत्वपुर्ण कार्यक्रममा जान तयारी गरीरहेको अवस्थामा अचानक कुन्दनराज काप्mलेको नेतृत्वमा आएका १२ जनाको समुहले घर भित्र प्रवेश गरी हतियार सहित मुल ढोकाबाट बाहिर सडकमा ल्याई निजहरुले काठमाण्डौका क्याम्पस र स्कुलहरुमा चन्दा उठाउन रोक्ने त को होस र निजि क्याम्पसको भर्ना कोटा खारेज गराउँने भन्दै अपशब्द गाली गलौज गर्दै अभद्र व्यवहार एवं संघातिक आक्रमण गरेको जनाएको छ । 
संघका अध्यक्ष कर्णले विगतमा गरेका महत्वपुर्ण कामहरुले बढदो लोकप्रिय , संगठनप्रतिको क्रियाशिलता, ईमान्दारीतादेखि डराएर आफुलाई भावी काग्रेसका नेतृत्वमा पुग्छु भन्नेहरुकै योजनामा यो आक्रमण भएको भन्दै त्यसको बास्तविकता छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कार्बाही गर्नुपर्ने माग विज्ञप्ती मार्फत गरीएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट