News Category 2072/04/02

मस्यौदाको बिरोधमा बृहत ¥याली

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ साउन । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले शुक्रबार मधेश बिरोधी संविधान मस्यौदाको बिरोधमा बृहत ¥याली प्रदर्शन गरेको छ । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । 
सो सभामा सद्भावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका वौवा लाल शर्मा, समाजसेवि तेजकान्त झा, बिनोद कुमार चौधरीसहितका बक्ताहरुले संविधानको मस्यौदामा त्रृटि देखिएको भन्दै त्यसको घोर भत्सर्ना गर्दै मधेश बिरोधी संविधान मधेशी जनताले कुनै पनि हालतमा मान्य नहुने उद्घोष गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट